२८ आश्विन २०८२, मंगलवार
Follow Us

स्कुले साथी परेपछि कोशी सरकार विरुद्धको मुद्दामा सुनुवाइ भएन

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८०, आईतवार १३:०८

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्की आफ्नो स्कुले साथी भएको भन्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइमा बस्न इन्कार गरेपछि आइतबार कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा चढेको छ।

सर्वोच्चमा साउन ७ (आज) देखि निरन्तर सुनुवाइ हुने तय भएको कोशी सरकार गठनविरुद्धको मुद्दा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो।

असार २१ गते कोशी प्रदेशमा काँग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गर्न गरिएको दाबीमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सभामुखले गैरसंवैधानिक काम गरेकाले वर्तमान सरकार अवैधानिक भएको दाबी गर्दै कार्कीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गरेका छन्।

धेरै पढिएको