२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आफुले शुरु गरेका योजना पुरा गर्न पुनः उम्मेदवारी दिन्छु : रविना थापा, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८०, सोमबार ०८:३१

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले पुनः उम्मेदवारी घोषणा गरेकी छिन् ।

एनआरएनए अमेरिकाको साधारणसभा समारोहमा उपस्थित भएकी रविनाले आफूले सुरु गरेको योजनाहरु पूरा गर्नका लागि पनि आफूले अध्यक्षमा आउन चाहेको बताइन ।

उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ, आज मैले मेरो कुरा यहाँ राखे, औपचारिकरुपमा केही दिनमै उम्मेदवारी घोषणा गर्छु, तपाईंहरुले सहयोग गर्नुहोला ।’

अघिल्लो कार्यकालमा ६ महिनामात्रै अध्यक्ष भएकी रविनाले अब अक्टुबरमा हुन लागेको सम्मेलनमा आफूले २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

यसअघि संघको आगामी कार्यकालको नेतृत्वको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् ।