२ श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएनए महिला उपाध्यक्षमा पुनः यासमीन बेगमले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८०, मंगलवार ०९:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।
संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष छन् ।

संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्सीय निर्वाचन समिति गठन गरेको छ । संघको नयां नेतृत्वको लागि हुने सो निर्वाचनमा हाईब्रिड मोडल (अनलाइन) मा गर्ने तयारी गरिएकोछ ।

धेरै पढिएको