लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्षमा रोशन थापा पुनः उम्मेदवारी दिने तयारी गरेका छन्। हाल युवा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थापाले अक्टुबरमा हुने महाधिवेशनमा नेतृत्वकालागि दाबी गर्ने भएका हुन्।
गैरआवासीय नेपाली संघको ११ औं महाधिवेश काठमाडौंमा हुँदै छ। एनआरएनए अभियान्ता आफ्नो नेतृत्व लिनकालागि दाबी प्रस्तुत गर्दै छन्।
अफ्रीका तथा जापानामा व्यवसाय गर्दै आएका थापा करिब २ दशकअघि इलामबाट जापान अध्ययनको लागि पुगेका थिए। थापाले एनआरएनएको नेतृत्व लिई अनुभव समेत हासिल गरिसकेका छन्।
गैरआवासीय नेपाली संघ ताम्जिानियाको दुई कार्यकालको अध्यक्ष भैसकेका छन्। उनी एनआरएनएको अफ्रीका क्षेत्रीय संयोजकको रुपमा जिम्मेवारी पूरा गरेका छन्।
जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातक सम्मको डिग्री हासिल गरिसकेका छन्। थापाको जाम्बियामा अटो मोबाइल र रियलस्टेटको व्यवसाय फस्टाउँदै गएको छ।
त्यसबाहेक थापाको जापानमा इन्स्योरेन्स, अटोमोबाइल क्षेत्रमा लगानी गरेका छन् भने नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा लगानी गरिसकेका छन्।
विभिन्न देशका युवासंग राम्रो नेटवर्क बनाएका थापा लोकप्रिय रहेका छन्। युवाहरुको समस्या बुझ्ने र त्यसको समाधानकालागि अग्रसर हुने एनआरएनए अभियान्ताको रुपमा परिचित छन्।