२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचनः खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८०, शुक्रबार ०१:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औं महाधिवेशनमा खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनी वर्तमान कार्यसमितिका सचिव हुन् ।

हालै एनआरएनए मलेसियाको अधिवेसन सफलतापूर्वक संपन्न गरे पस्चात न्यौपानेले आफू उपाध्यक्षमा अघि बढ्ने निर्णय गरेको जानकारी गराए ।

उनले एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए अभियन्ताहरुबाट आएको सल्लाह र सुझावका आधारमा आफूले संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।

न्यौपानेले मध्यपुर्व,मलेसिया,कोरिया, युरोप लगाएत देशका लाखौ नेपालीहरुको मुद्दा उठाउन,उनीरुको समस्याको समाधान गर्न, रेमिटेन्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्न लगाएतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन ।

गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीय नेपालीहरु बञ्चित भएको अवस्था रहेकाले योजनाबद्द रुपमा त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

न्यौपानले एनआरएनए धेरै ठूलो संस्था भएकाले नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि आफ्नो एजेण्डा बनाएका छन ।

मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका डाईरेक्टर,बिकास हाईड्रोपावर कम्पनिका अध्यक्ष, बुढीगन्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष,स्मार्ट होलीडे प्राली र ग्रीनलाइन ट्राभल्सका अध्यक्ष,भिनोलिभा हस्पिटालिटि प्रालीको अध्यक्ष रहेका छन ।

उनको सेयर बजार, हस्पिटल, रियल स्टेट लगाएत अन्य बिभिन्न क्षेत्रमा लगानी गरेरका छन् ।