२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रोफेसर सुवेदीको नाममा स्थापित अन्तरराष्ट्रिय पुरस्कारको विजेता घोषणा

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १९:१२

लन्डन । वेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदी को नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार को विजेता घोषणा गरेको छ। आधुनिक प्रकारका दासता उन्मुलन र मानव को मानव भएर बाच्न पाउने अधिकार को सम्रक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने व्यवस्था छ।

यस बर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई उनको वातावरण परिबर्तन सम्बन्धि नीति र कानूनले आदिवाशी जनजाती हरुको हजारौं बर्ष देखिको भूमि माथिको अधिकारमा परेको असर बारेको कृतिका लागि प्रदान गरिएको हो।

करिव दुइ सय वर्ष आघि संसारभरी दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका वेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्स को नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटीच्युटले आयोजना गर्ने बार्षिक प्रतियोगिता बाट विजेता छानिने उक्त पुरस्कार कानून, राजनीति शास्त्र, समाज शास्त्र, मानविकी आदि बिषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर चालिस वर्ष ननाघेका व्यक्तिले भागलीन पाउने गरि स्थापना गरिएको हो।

उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भै कानून मा स्नातकोत्तर गरेका प्रा सुवेदी लाई तिन बर्ष अघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्बोच उपाधि प्रदान गरेको थियो।