१५ बैशाख २०८१, शनिबार
Follow Us

महिला विश्वकप फुटबल : इंग्ल्याण्डले नाइजेरियाको सामना गर्दै

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८०, सोमबार ०५:१५

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

समुह चरणमा तिन खेलबाट ९ अंक जोडेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नाइजेरिया भने समुह चरणमा ५ अंक जोड्दै उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

सोमबार हुने दोस्रो खेलमा आयोजक अष्ट्रेलियाले डेनमार्कको सामना गर्नेछ । समुह बि को विजेता अष्ट्रेलियाले समुहका तिनमध्ये दुई खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । उता डेनमार्कले समुह चरणका दुई खेल जित्दा एक खेल गुमाएको थियो ।

महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । स्विडेनले चार पटकको विश्वविजेता अमेरिकालाई सडन डेथमा पराजित गर्दा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।