१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए प्रवक्ता सोम सापकोटाले उपमहासचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १९:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको प्रवक्ता सोम सापकोटाले केन्द्रीय उप-महासचिव पदका लागि उम्मेदवारी दिने जानकारी गराएका छन्।

संघको स्थापना काल देखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीहरुको हक हितका सस्थागत रुपमा क्रियाशील छन्।

हाल गैर आबासीय नेपाली संघको प्रबक्ताको रूपमा रहेका सापकोटा २०२३-२०२५ का लागि उप महासचिव पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

गैर आबासीय नेपाली संघसँग हातेमालो गर्दै अगाडि बढेका सामाजिक व्यक्तित्व सापकोटा सन् २०२३ – २०२५ का लागि उप महासचिव पदमा उमेदवारी दिन लागेको कुराले यतिबेला समग्र गैर आबासीय नेपालीहरूमा उत्साह प्रदान गरेको छ ।

लामो समय देखी संघमा आबद्द रहेर सापकोटाले संघको उचाई र गरिमा बढाउन उल्लेख्य भूमिका खेलेका छन्। नेपालमा गैर आवासीय नेपाली संघ मध्यम बाट ई लाइबेरि स्थापन,नेपालको पर्यटन प्रवर्द्धन’ बिकास र बिस्तार गर्न र प्रबासी नेपालीहरूलाई नेपालमा लगानी गरेर रोजगारी बढाउन बिशेष भूमिका खेलेका सापकोटाले गैर आवासिय नेपाली संघ तथा नेपाल र नेपली बिच अग्र स्थानमा उभ्याका छन। लामो समय देखिको संघ संघको आवद्धता र अनुभवका आधारमा थप समय संघ मा आव्बद्ध नेपाल र नेपाल का लागि काम गर्ने उदेस्य सहित गैर आवासीय नेपाली संघका अग्रज अभियन्ताहरूको संगको परामर्श सुझाब पछि आफूले उपमहासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिए ।

सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रीय समन्वय परिसदको निर्वाचित सदस्य हुदै संघमा जोडिएका सापकोटा सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११ -२०१३ सम्म गैर आबासीय नेपाली संघको केन्द्रिय सदस्य सन् २०१५ -२०१७ यूरोपको उप संयोजक र सन् २०१७ -२०१९ गैर आवासीय नेपाली संघ अन्त राष्ट्रिय समन्य परिसदको सहकोषाध्यक्षमा निर्वाचित भए ।

यसैगरी सन् २०१९ -२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई थप उच्चाई पुर्याउने काममा क्रियासिल सापकोटा हाल संघको प्रबक्ताको जिम्मेवारीमा रहेका छन् ।

‘गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७-२० अक्टोबर, २०२३) काठमाडौंमा हुदैछ ।