२८ आश्विन २०८२, मंगलवार
Follow Us

उत्तर भारतमा सडक दुर्घटनामा परी ६ प्रहरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार ०४:३४

काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

धेरै पढिएको