१५ बैशाख २०८१, शनिबार
Follow Us

बेल्जियममा एनआरएनए विश्व युवा सम्मेलन हुने

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८०, सोमबार १८:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले विश्व युवा सम्मेलनको आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमको आइतवार बसेको बैठकले अगामी २ वर्ष भित्र एक अन्तराष्ट्रिय युवा सम्मेलनको आयोजना गर्ने निर्णय गरेको महासचिव रुविना शर्माले जानकारी दिइन् ।

बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमले अगामी २ वर्षभित्रमा बेल्जियममा एक अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्नको लागि आवश्यक अध्यन प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

सो सम्मेलनको लागि आवश्यक गृहकार्य गर्न कार्यसमितिभित्र रहेका युवाहरु र संघको केन्द्रीय युवा संयोजकबीच आवस्यक छलफल गरेर अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले बेल्जियममा रहेका नेपालीहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने उदेश्यले संघको केन्द्रीय स्वास्थ्य समितिसंग समन्वय गरेर एक भरर्चुअल जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

राहतकोषमा १० लाखको प्रतिबद्धता
बैठकले एनआरएनए बेल्जियमले स्थापना गर्ने आपतकालिन राहत कोष बृद्धि गर्न र संचालनको लागि कार्यविधि तयार गर्ने लगायत बेल्जियमस्थित बिभिन्न सामाजिक संघसँस्थाहरुसंग समन्वयन गरि परियोजना अघि बढाउन संस्थाकी अध्यक्ष श्रीमति सीता सापकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ । सो बैठकमा कार्यसमितिका सदस्यहरुबाट सो कोषको लागि ६ हजार ६ सय ५३ युरो (करिब १० लाख) को प्रतिबद्धता प्राप्त भएको एनआरएनए बेल्जियमले जनाएको छ ।


यस्ता छन् बैठकका निर्णयहरु