१५ बैशाख २०८१, शनिबार
Follow Us

२० वर्ष देखि थाँति रहेका मुद्दा सफल भए : डिबी क्षेत्री, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८०, सोमबार २०:२२

लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डिबी क्षेत्रीले विगत १८ महिने कार्यकालमा विगत २० वर्ष देखि थांती रहेका मुद्दा अवतरण भएको बताए ।

उनले सोमवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइन मार्फत संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेन सफल बनाएर बिदा लिने र नयां कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी पुरा गर्ने अभिभारा बांकीनै रहेको बताए । उनले राष्ट्रिय समितिको निर्वाचनहरु सफल रुपमा सम्पन्न भएको बताए ।

उनले संघको निर्वाचनको लागि आउने उम्मेदवारीहरुले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै १ महिने सार्वजनिक सुनुवाई गर्न आग्रह गरे । उनले भाडाका विश्लेषकहरु नखोज्न भन्दा संस्थाको साख गिर्ने काम नगर्न आग्रह गरे ।

क्षेत्रीको फेसबुक स्ट्याटस् जस्ताको तस्तै

१८ महीने कार्यकालको अन्त्यतिर आएर हेर्दा एनआरएनए को यो टिम ले २० बर्ष देखी थांती रहेका मुद्दामा सफल अवतरण गराएकोछ, तर कार्यान्वयनमा अझै मेहनतको आवश्यकता छ। अब सफल बिश्व सम्मेलन गरि बिदा लिने र नयां कार्यसमिति लाई पधभार हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी पुरा गर्ने अभिभारा बांकीनै छ ।

एनसीसीहरूका निर्बाचन सफलताका साथ सकिएकोछ भने आईसीसीका उम्मेदवारहरूलाई अग्रिम शुभकामना ११
तर अब काठमाडौंमा कस्तो एनआरएनए बनाउने बहस गरौं ब्यक्त्तीको बनाउने भन्ने हैन् ।

१. उम्मेदवारहरुले १ महिने बहसको थालनी गरौं, बहसबाटै आफ्ना घोषणापत्रहरूको ब्याख्या गरौं, पब्लीकको मन जितौं र निर्वाचित बनौं ।

२. अरुका कमजोरी खोजेर भाडाका विश्लेषक र प्रचारक नखोजौं, समाजिक संबादको स्तर खस्कँदो छ । यसको ख्याल गरौं । सभ्यता र सच्चाईनै नेपालीको गहना थिए । ती सच्चाई कता जांदैछन भन्ने हेक्का राखेर बोलौं ।

३. ११ औं महाधिवेशनमा लान्छाना लगाउनेहरूले आफु सफाचट भएको पब्लिक र निकायहरूबाट क्लीन चिट ल्याएर मात्रअरूलाई आरोपित गरौं । यो धर्तीमा न कोही शतप्रतिशत चोखो छ । न सबै गलत मात्रमा कमी बढी हो । नत्र अरुलाई १ औंला देखांउदा आफुतिर बांकी ४ औंला ठडीएलान् ।

४. मुद्दामा होसियार बनौं, सक्ने गर्ने र आफुले बुझेका कुरा मात्र छाप्ने रंग्याउने गरौं । खेतला लगाएर कनिकुथी लेख्ने हैन् । जती सकिन्छ । तेती मात्र बोलौं । बजेट, सयय, क्षमता अनी लजेस्टिकको भरपुर ख्याल गरौं बोल्ने र बिर्सने नगरौं ।

५. पलिसीमा काम गरौं मुद्दामा सहमत बनौं व्यक्तिमा हैन। ‘let’s focus what is right not who is right’.

६. बिषय उठान गर्दा बटम अपमा जाऊँ कार्यान्वयन अप बटममा लैजाउ, आज निर्देशन मान्नेको कमीछ तर मुद्दा उठान भैसके पछि सबै सहभागि भए अपनत्वको भाव हुन्छ भने कार्यान्वयनमा सहजता आउँछ ।