१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन : लोक प्रसाद दाहालले सचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८०, बुधबार १९:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा लोक प्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् ।

दाहालले संघको अगाामी अक्टोवर दोस्रो साता हुने ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

उनी अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा सक्रिय छन् ।

सन् १९९९ मा बेल्जियम छिरेका लोकप्रसाद दाहालले अहिले १ सय ६० जना कामदार राखेका छन् । धादिङमा जन्मिएका दाहालले सन् २०१० देखि आफ्नै व्यवसाय सुरु गरेका हुन् ।

बेल्जियमको ब्रशेल्स, एन्थ्रोप, लुभेन, आस्कोट शहरमा लोभलाग्दा भव्य भवनमा नेपालीहरुले आफ्नै व्यवसाय संचालन गरेका छन् । नेपालीहरुकै व्यवस्थापनमा होटल, क्याफे, रेष्टुरेन्ट, ग्रोसरी सप लगायतको व्यवसाय फस्टाउदै गएको छ ।

उनले बेल्जियम प्रवेश गरेदेखि नै आफ्नो पेशा क्याटरिङ क्षेत्रलाई रोजे । सुरुमा उनी इटालियन पिजारियारम काम गर्थे । सामान्य थियो कमाई, आफ्नै खर्चसम्म धान्न मुस्किल भएको उनी बताउँछन् । अहिले उनका ८ वटा जापानी सुसी रेष्टुरेन्ट र १ एउटा इन्डियन रेष्टुरेन्ट छ ।

भरर्खर मात्र रियरस्टेड व्यापार सुुरु गरेका दाहालका रेसिडेन्ट र व्यवसायी गरी १० वटा घर छन् । दाहालले संचालन गरेका व्यवासायहरू सबै भन्दा बढी कर तिर्ने सूचीमा पर्छन् । उनले लगानी गरेका रेष्टुरेन्टहरू र ग्रोसरी सप्लार्यस लगायतको वार्षिक कारोवार ८ मिलियन रहेको छ ।

उनले धेरै कर तिरेबापत ट्रान्स म्याग्जिनबाट उत्कृष्ट करदाताको अवार्ड हात परेका छन् । उनको लगानी बेल्जियममा मात्र सीमित छैन । नेपालमा समेत ठूलो लगानी भित्रएका छन् । उनले हाइड्रो, बैंकिङ, रेष्टुरेन्ट, स्वास्थ्य क्षेत्रमा गरेर करिब १ अर्ब रुपैयाँको लगानी गरेका छन् ।

दाहाल बेल्जियमा नेपाली समुदायका लागि आइडियल व्यक्तित्व हुन् । विगत लामो समयदेखि बेल्जियममा होटल तथा रेष्टुरा व्यवसाय गरेर थुप्रैै नेपाली र विदेशीलाई जागिर दिएका छन् ।

उनी व्यवसायका अतिरिक्त गैरआवासीय नेपाली संघको बेल्जियम राष्ट्रिय समन्वय परिषदको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् । उनले नेपालमा हालै मात्र भेनोलिमा नामको रेष्टुरेन्टमा ५ करोड भन्दा बढीको लगानीमा काठमाण्डौं दरबारमार्गमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

संसारभरका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरूको संस्था ‘भ्लाम्स मेडिकल’मा कार्यकारी सदस्य रहेका दाहालसँग नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ ।