१५ बैशाख २०८१, शनिबार
Follow Us

एमालेले आसन ग्रहरण र खादामालाको परम्परा हटायो

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८०, बिहीबार ०२:१२

काठमाण्डौं । नेकपा एमालेले पार्टीका अन्तरिक कार्यक्रममा सुधार गर्ने घोषणा गरेको छ । एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकका अनुसार हालै बसेको बैठकले अथिति आसन ग्रहण र खादामालाले लिने समय हटाउने निर्णय गरेको हो ।

पार्टीको कार्यक्रमलाई छिटो र छरितो बनाउनका लागि केहि परम्परागत अभ्यास लाई बदलेको डा. पाठकले जनाए । कार्यक्रममा वक्ताहरु समेत कम भन्दा कम गर्ने नीति पार्टीले लिएको छ ।
एमाले आयोजक भएका कार्यक्रमहरु निर्धारित समय भन्दा १ मिनेट पनि ढिला नगरी संचालन गर्ने गरि अघि बढ्ने नीति पार्टीले लिएको छ ।
डा. पाठकले कार्यक्रममा निम्ताइएका वक्ताहरुलाई पहिले नै विषय बस्तु निर्धारण गर्ने र शुभकामना मन्तव्य बढीमा ५ मिनेटमात्र राख्न सुझाव दिए ।