१५ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेष्टर सिटीले जित्यो पहिलो पटक युईएफए सुपर कप फुटबलको उपाधि

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८०, बिहीबार ०५:४४

लन्डन । म्यानचेष्टर सिटीले पहिलो पटक युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ । फाइनलमा सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै सिटीले उपाधि उचालेको हो ।

एथेन्समा सेभियाले खेलको २५औं मिनेटमै युसेफ एन नेसरीको गोलबाट अग्रता बनाएको थियो । तर ६३औं मिनेटमा सिटीका कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि बाँकी समयमा पनि दुबैतर्फबाट थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा सेभियाका नेमान्जा गुडेलजीको प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिएको थियो ।