१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन : ४ हजार २३ जना प्रतिनिधि दर्ता (कुन देशबाट कति)

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८०, शुक्रबार ०९:२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेसन प्रतिनिधिको लागि ४ हजार २३ जनाले नाम दर्ता गरेका छन् ।
गैरआवासीय नेपाली संघ स्रोतका अनुसार शुक्रवार सम्म ५० भन्दा बढी देशका प्रतिनिधिहरुले आआफ्नो नाम दर्ता गरेका छन् ।

संघको विधान अनुरुपमा ९० प्रतिशत प्रतिनिधिहरु राष्ट्रिय समितिका पूर्व पदाधिकारीहरु रहने छन् । पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढी जापानमा ४१० जना, अमेरिकामा ३७३ जना, यूकेमा १७७, मलेसिया १८७ जना, कतार २५५ जना, कोरिया १६१ जनाले प्रतिनिधिको लागि दावी गरेका छन् ।
संघको ११ औं महाधिवेशन अक्टोवर दोस्रो साता हुदैछ । अध्यक्ष पदको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा, विनय अधिकारी र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।