२ श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : महेश श्रेष्ठको टिममा जान्न् – गौरीराज जोशी

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८०, शनिबार ०१:३८

लण्डन । अक्टोवर तेस्रो साता हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सरगर्मी बढेको छ ।

संघको ११ औं महाधिवेसनको लागि अध्यक्षको लागि आकांक्षी रहेका उपाध्यक्ष महेश श्रेष्ठले विहिवार एउटा समूहसंग सहमति गरे पछि संघका महासचिव गौरीराज जोशीले असन्तुष्टी व्यक्त गरेका छन् । जोशीले महाधिवेसन अघिनै कुनै गुट वा समूहसंग गबन्धन गरेर अघि बढ्नु संस्था र अभियानकै लागि गलत परम्परा भएको बताए ।

‘म, १० औं महाधिवेसनको जस्तो समस्या संस्थामा आउला भनेर निकै सजक छु । महेशजीलाई साझा उम्मेदवार बनाएर छुट्टै तरिकाले अभियानको नेतृत्वमा ल्याउन सकिन्छ भन्ने मेरो विश्वास थियो तर उहाँले बाटो बिराउनु भयो । पछिल्लो २ वर्षमा संस्थालाई यो अवस्थामा पु–याउने समूहसंग पुनः गठबन्धन गर्न सकिन्न्’ । ‘म उहाँको टिममा जान्न’ जोशीले नेपालब्रिटेन डट कमसंग भने ।

जोशीले गैरआवासीय नेपाली संघको अभियानमा आफुले सुरु गरेका केही अजेण्डाहरुलाई तार्किक निश्र्कषमा पु–याउने उदेश्यले पुनः महासचिवमा उम्मेदवारी दिने बताए ।

जोशी गैरआवासीय नेपाली संघमा स्मार्ट एनआरएनए अभियानको परियोजना संचालन गरे पछि चर्चामा आएका थिए । उनले संघको अमेरिका क्षेत्रीय संयोजक, र सचिवको समेत जिम्मेवारी समालेका थिए ।

संघको ११ औं महाधिवेसको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा र आरके शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिव पदमा गंगाधार गौतम र बुद्धि सुवेदीले समेत उम्मेदवार बन्ने चाहना राखेका छन् ।

धेरै पढिएको