१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको विशेष शुभकामना कार्यक्रम आज, अध्यक्ष गुरुङलाई भ्याईनभ्याई (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८०, शनिबार २३:४४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष शुभकामना कार्यक्रम अल्डरशटस्थित एम्पायर हलमा आज (आइतवार) आयोजना गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय नेताहरुले शुभकामना दिने र नयाँ कार्यसमिति चयन गर्न सहयोग गर्ने सम्पूर्ण पंन्जिकृत सदस्यहरुलाई धन्यवाद दिने उदेश्यले संघले शुभकामना तथा धन्यवाद कार्यक्रमको आयोजना गरेको हो ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङका अनुसार संघका केन्द्रीय पदाधिकारीहरु शनिवास साँझनै वेलायत उत्रिएका छन् ।

नेपालमा रहेका अध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु महेश श्रेष्ठ, राज रेग्मी, महासचिव डा केशव पौडेल, सचिव गंगाधार गौतम, अनुजा प्रधान (बेल्जियम) एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदी, क्यानडाका निवर्तमान अध्यक्ष दीपक गौतम, एनआरएनए प्रोर्चुगलका पूर्वअध्यक्ष भिम कमल केसी लगायतको टोली लण्डन आइपुगेको छ ।

भोलिको कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहने एनआरएनए यूकेले जनाएको छ । कार्यक्रममा संघका उपाध्यक्ष डा। हेम राज शर्मा लगायत बेलायतस्थित संघका सबै पदाधिकारीहरु कार्यक्रममा सहभागी हुने भएका छन् ।

केन्द्रीय पदाधिकारीहरु लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा संघका अध्यक्ष हितकाजी गुरुङलाई शनिवार दिनैभरी भ्याईनभ्याई थियो । उनी राती अवेर सम्म संघका केन्द्रीय पदाधिकारीहरुको स्वागतमा खटिएका थिए ।