२० जेष्ठ २०८१, आईतवार
Follow Us

सरू पौडेल र निरू लामिछानेले ल्याए नयाँ तीज गीत बजारमा (भिडियो)

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार ०८:३१

चितवनका कलाकार सरू पौडेल तथा निरू लामिछानेले नयाँ तीज गीत बजारमा ल्याएका छन् ।

मौलिक तीज गीत ‘दुःख सुख’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सरु र निरुको आवाज रहेको यस गीतको शब्द तथा लय संकलन सरू पौडेलले नै गरेकी छन् । गायिका निरु लामिछानेले विगतमा चितवनमा रहेर लामो समय पत्रकारिता गरेको थिइन् ।

गीतको भिडियोलाई हाँस्य कलाकार तथा निर्देशक दिपक शर्माले निर्देशन गरेका छन् । दिदीबहिनीहरुले मेलापात जाँदा होस् या श्रीमानको घरमा होस् काम गर्दाको दुःख–सुखको क्षणलाइ गीतको माध्यमबाट चित्रण गरिएको छ । यस गीतको भिडिओमा सुमन सागर जंग के.सी, दिपक शर्मा, मोडल सिर्जना पाण्डे र सरू पौडेलको अभिनय रहेको छ । भिडियोमा नृत्य निर्देशन पनि सुमन सागर जंग के.सीले गरेका छन् ।

खड्ग गन्धर्वले एरेन्ज गरेको उक्त गीतको भिडियो छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन सन्तोष सुनारले गरेका हुन् । प्रल्हाद सुवेदी युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोको छायांकन काठमाडौंका विभिन्न ठाउँमा गरिएको थियो ।