१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए उपमहासचिवमा प्रमोद सिटौलाले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार ०८:४९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिवमा अमेरिकास्थित व्यवसायी प्रमोद सिटौलाले उम्मेदवारी दिने भएका छन् ।

उनले अक्टोवर तेस्रो साता हुने संघको ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

झापा कनकाई नगरपालिकामा जन्मिएका सिटौला विगत २० वर्ष देखि अमेरिकामा वासोवास गर्दै आएका छन् । उनी वर्तमान कार्यसमितिको सचिव हुन् ।

गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि सकृय सिटौला संघको विधान समितिका सदस्य समेत छन् ।

उनीसंग अन्तराष्ट्रिय झापाली समाज, नेपाली जनसम्पर्क समिति लगायतका संघसंस्थासंग काम गरेको अनुभव रहेको छ । उनले एनआरएनए अमेरिकाको प्रतिनिधि छनोट लगायतका विभिन्न कार्यदलमा रहेर काम गरेका छन् ।

संघको २ उपमहासचिवको लागि अक्टोवर महिनामा निर्वाचन हुदैछ ।