२७ बैशाख २०८१, बिहीबार
Follow Us

नयाँ पुस्ता विदेश पलायन हुने अवस्था रोक्नु पर्छ: राज रेग्मी, उपाध्यक्ष, एनआरएनए

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८०, बिहीबार २०:१२

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष राज रेग्मीले देशबाट नयांपुस्ता दैनिक रुपमा बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।

रेग्मीले बुधबार लण्डनमा दिएको एक अन्तरवार्तामा विदेशमा ज्ञान र सिप हासिल गरेको दोस्रो पुस्तालाई देशसंग जोड्न सके मात्र देशको विकास र समृद्धि हुने विचार व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनको लागि खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी गरेका रेग्मीले विदेशमा आर्जेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लैजान संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।

सरल र मिजासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ताका रूपमा चिनीन्छन ।

उनले गैरआवासीय नेपाली संघको १० औं महाधिवेसनमा भएका कमिकमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।

उनले संघको अक्टोवरमा हुने ११ औं महाधिवेसन एकताको महाधिवेसनको रुपमा सम्पन्न हुने बताए ।

उनले सामाजिक अभियानमा जोडिदा निस्वार्थ भावना राखेमा मात्र सफल भइने भन्दै संघको अभियानमा राजनीतिक हस्तक्षेप हुनु गलत भएको बताए । ।

रेग्मी गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको एक विशेष कार्यक्रममा भाग लिन लण्डन आएका हुन् ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन अगामी अक्टोवर तेस्रो साता काठमाण्डौंमा हुदैछ । ६ उपाध्यक्ष पदको लागि बिभिन्न व्यक्तिहरुले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।