३२ असार २०८२, बुधबार
Follow Us

लण्डनमा टिकट खोसिए पछि बुद्धि सुवेदी, आरके शर्माको समूहमा

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८०, बिहीबार २०:४०

लण्डन । गैरआवासीय नेपाली संघको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका बुद्धि सुवेदीले विहिवार अध्यक्षका प्रत्यासी आरके शर्मा समूहसंग छलफल गरेका छन् ।

स्रोतका अनुसार सुवेदीलाई अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठ समूहले महासचिव उम्मेदवार नबाउने निश्चित भए पछि उनले आरके शर्मासंग काठमाण्डौंमा छलफल गरेका हुन् ।

यसअघि संघका महासचिव डा. केशव पौडेलले महेश श्रेष्ठलाई समर्थन गर्ने र महासचिवमा सुवेदीलाई उम्मेदवार बनाउने काठमाण्डौंमा भएको सहमति लण्डनमा उल्टाएर संघका सचिव गंगाधार गौतमलाई सो समूहले महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो । स्रोतका अनुसार शर्माले सुवेदीलाई आफ्नो अभियानमा सहयोग गर्न सुवेदीलाई आग्रह गरेका थिए ।

सो समूहले सुवेदीलाई कोषाध्यक्ष वा उपमहासचिव पदमा उम्मेदवार बन्न सुझाव दिएको थियो तर उनले सो सुझावलाई अस्वीकार गरेका थिए । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसको लागि अध्यक्ष प्रत्यासीहरु डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा, विनय अधिकारी र आरके शर्माले आआफ्नो आन्तरिक तयारी थालेका छन् ।

डा. केसीले आफ्नो अजेण्डा मिल्ले भन्दै महासचिव पदमा गौरीराज जोशी, उपाध्यक्षमा यसमिन वेगम सैयद र उपाध्यक्षमा रोशन थापाको नाम उम्मेदवारको रुपमा अघि सारेको थियो ।

धेरै पढिएको