१५ बैशाख २०८१, शनिबार
Follow Us

लुटन टाउनमाथि चेल्सीको सहज जित

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८०, शनिबार ०५:११

लन्डन । इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति चेल्सीले लुटन टाउनलाई ३–० को गोलअन्तरले हराएको छ। चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा रहिम स्टार्लिङले दोहोरो गोल गरेपछि चेल्सीले सहज जित दर्ता गरेको हो।

खेलको १७ औं मिनेटमै स्टार्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेका स्टार्लिङले दोस्रो हाफमा पनि अर्को गोल गरे । ६८ औं मिनेटमा स्टार्लिङले गोल गर्दा मालो गुस्टोले दोस्रो पटक पनि पास उपलब्ध गराएका थिए।

खेलको तेस्रो गोल भने निकोजस ज्याक्सनको नाममा रह्यो । ज्याक्सनले ७५ औं मिनेटमा गरेको गोलसँगै चेल्सीले सहज जित दर्ता गरेको हो। खेल अवधिभर एक पटक मात्र पोस्ट अटेम्प गर्न सकेको लुटन टाउन गोल फर्काउन असफल रह्यो।

लगातार दोस्रो हारसँगै लुटन टाउन तालिकाको पुछारमा छ। दुई खेलमा चार अंक जोडेको चेल्सी भने आठौं स्थानमा छ।

प्रिमियर लिगमा आज आर्सनलले फुलह्यामसँग खेल्नेछ भने ब्रेन्टफर्डले क्रिस्टल प्यालेसको सामना गर्नेछ। त्यसैगरी म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टको सामना गर्ने तालिका छ।