२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रमोदको ‘गङ्गा जमुना’ मा दिलिप, अञ्जली र उषा

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८०, शनिबार १३:०५

काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा ‘गङ्गा जमुना’ म्युजिक भिडियो सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको उक्त म्युजिक भिडियोमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ।

डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ । राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलिप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीले अभिनय गरेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।