१५ बैशाख २०८१, शनिबार
Follow Us

स्कटल्याण्डमा नेपाली बक्सीङ्ग च्याम्पीयन !

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०८०, सोमबार ०५:१८

स्कटल्याण्ड । नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी , स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड आईपुगेका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै स्कटल्याण्ड च्यामपियनको उपाधि जितेका छन्।

मुलेन बक्सीङ्ग प्रमोशनले आयर रेसकोर्स , स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका हुन र यो सँगै म्याक्स युरोपियन बक्सीङ्ग च्यामपियनका लागि पनि छनोट भएका छन्।

२६ अगष्ट शनिवार राति स्कटल्याण्डमा सम्पन बक्सीङ्ग प्रतियोगिता जिते सँगै नेपाली बक्सर अर्थात स्कटीस क्रुजवेट च्यापियन म्याक्स बस्नेतलाई स्कटल्याण्डकै चर्चित तथा पुरानो बक्सीङ्ग क्लब बेल एकेडेमीले आफ्नो को सिइओमा नियुक्त गरेको छ ।

बेल बक्सीङ्ग एकेडेमी स्कटल्याण्डका को सिइयोमा नियुक्त भएका बस्नेतले नेपालमा सम्भावना बोकेका बक्सीङ्ग खेलाडीलाई अन्तर्राष्ट्रीय स्तरमा प्लेटफर्म उपलब्ध गराउने योजनामा अभ्यास गर्ने बताएका छन्।