२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए कोषाध्यक्षमा युवा व्यवसायी सुदन थापाले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०८०, बुधबार ००:५६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा सुदन थापाले उम्मेद्वारी दिने भएका छन् । एनआरएनएको काममा सदैव सक्रिय थपाले सवैको आग्रहमा कोषाध्यक्षमा उम्मेद्वारी दिन लागेका हुन् । उनले यसअघि संघको युथ कोअर्डिनेटरको जिम्मेवारी समालेका थिए ।

‘कोषाध्यक्षमा उम्मेदवारी दिन साथीहरुको आग्रह गर्नुभएको छ । अहिले छलफलमा छु । अर्को हप्ता सम्म औपचारिक निर्णय गर्छु’ थापाले नेपालब्रिटेन डट कमसंग भने ।

एनआरएनएको बिश्व सम्मेलन आगामी अक्टोवर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासीहरु डा. बद्री केसी, डा. हेम राज शर्मा, महेश श्रेष्ठ, आरके शर्मा र रविना थापाले बिश्व दौड लगाइरहँदा अन्य पदमा उम्मेद्वारी घोषणा पनि बढन थालेको छ । निर्वाचन समितिले उम्मेद्वारी दर्ताका लागि अघिल्लो सम्मेलन भन्दा दोब्बर शुल्क घटाए पछि उम्मेद्वारी घोषणाको क्रम बढदै गएको छ ।

बिगत १८ बर्षदेखि जापानमा रहनुभएका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन् २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाएका थापा अहिलेसम्म अनबरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आउनु भएको छ ।

उनले गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष र एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ता पनि हुन् ।

थापाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ गाँठको शुभ अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एतिहासिक नेपाल फेस्टिवल को आयोजना गरेका थिए ।

२०७२ सालमा भूकम्पमा पनि थापाले उल्लेखनीय काम गरेका थिए । विनासकारी महाभुकम्पमा गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बाढी स्वयंसेवक तथा मेडिकल टिमको नेतृत्व गर्दै राहत वितरण तथा भुकम्प प्रभावित विभिन्न जिल्लामा काम गरेका थिए ।