१५ बैशाख २०८१, शनिबार
Follow Us

आइसिसी महिला टी-२० एसिया छनोटमा नेपालको विजयी सुरुवात

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०८०, बिहीबार ०७:२२

काठमाडौँ । मलेसियामा आजबाट सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रम नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो ।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन् । नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २र२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाइन् । अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाकी एना हमिजाले २ विकेट लिइन् ।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।