२६ बैशाख २०८१, बुधबार
Follow Us

युवा वैज्ञानिक कंडेलद्धारा फ्रान्समा जलवायु परिवर्तन बारेमा नेपालको धारणा प्रस्तुत

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८०, सोमबार ०३:०२

लण्डन । फ्रान्समा आयोजित एक विज्ञहरुको भेलामा नेपाली युवा वैज्ञानिकले जलवायु परिवर्तनको बारेमा विशेष कार्यपत्र प्रस्तुत गरेका छन् ।
गत साता फा्रन्समा आयोजित एक सम्मेलनमा नेपाली वैज्ञानिक गिरी प्रसाद कंडेलले जलवायु परिवर्तन, अनुकूलन रणनीति र खाध्य सुरक्षामा पारेको प्रभाव विषयमा नेपालको धारणा प्रस्तुत गरेका हुन् ।

युरोपस्थित कृषि अर्थशास्त्री संघ (ईएएई) द्धारा आयोजित सो सम्मेलनमा १०५० जना वैज्ञानिक तथा विज्ञहरुको सहभागीता थियो । एक साता लामो सो सम्मेलनमा कंडेलले नेपालले वातावरण परिवर्तनमा लिएका नीति र त्यसको प्रभावको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जर्मनी, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड लगायत युरोपियन मुलुक लगायत विश्वका बिभिन्न अध्ययन केन्द्रमा कार्यरत कृषि विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघले कृषि अर्थशास्त्रको ज्ञान र प्रर्वधन गर्ने, कृषि अर्थशास्त्रीहरुबीच अनुभव र विचार साटासाट गर्ने उदेश्यले हरेक वर्ष सो क्षेत्रमा कार्यरत विज्ञहरुको भेला गर्दै आएको छ ।