११ श्रावण २०८१, शुक्रबार
Follow Us

नेपाल टेलिभिजनका पत्रकार कार्की सम्मानित

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८०, सोमबार ०५:५५

ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नेपाल टेलिभिजनका ओखलढुंगा संवाददाता नवराज कार्कीलाई सम्मान गरेको छ ।

खोज पत्रकारिताको माध्यमबाट नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरूलाई आम नागरिक तथा सरोकारवालाहरूमाझ सूचना सम्प्रेषण गरेर सहयोग गरेको भन्दै कार्कीलाई नगदसहित सम्मान गरेको हो ।

सिद्धिचरण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउद, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, कोशी सरकारका सिँचाइ खानेपानी तथा ऊर्जा मन्त्री प्रदीपकुमार सुनुवार र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्तरूपमा सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए । पत्रकार कार्की विगत १६ वर्षभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् ।