२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए मध्यपूर्व संयोजक मनोज श्रेष्ठ बेलायतमा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८०, बुधबार ०८:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) बेलायत आइपुगेका छन् ।

मंगलवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिएका श्रेष्ठको स्वागतका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य विमानस्थल पुगेका थिए । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका श्रेष्ठले वेलायतस्थित नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रमतय भएको छ ।

श्रेष्ठको स्वागतको लागि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ लगायत संघका पदाधिकारीहरु विमानस्थल पुगेका थिए । मध्यपूर्व कर्मक्षेत्र बनाएका श्रेष्ठ गैरआवासीय नेपाली संघको अभियानमा लामो समय देखि सकृय छन् ।