२५ माघ २०८१, शुक्रबार
Follow Us

मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०८०, बिहीबार ०६:३१

काठमाडौँ । मन्त्रिपरिषद् आकस्मिक बैठक आज बस्दै छ । आज अपराह्न तीन बस्न लागेको बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको छ ।

विधेयक समितिमा दफावार छलफल सकिएसँगै आज हुने छलफलमा थप टुङ्गिन बाँकी एक आध विषयमा छलफल गरेर समितिले आज मन्त्रिपरिषदमा पठाउन सक्छ एक अधिकारीले प्रशासनलाई भने, मन्त्रिपरिषद्ले संघीय संसदमा पठाउने निर्णय गर्न सक्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट सङ्घीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने यसअघि नै बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

यस अघिसमेत सङ्घीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो । अझै पनि कर्मचारी भित्रै थुप्रै असहमति रहेकोले सहजै पास हुने सम्भावना भने न्यून नै देखिन्छ । सिङ्गो कर्मचारी सङ्गठन भन्दा पनि एक–आध व्यक्तिको इन्ट्रेस्टमा जोड बल हुने गरेकोले पनि लामो समयसम्म ऐन आउन नसकेको हो ।