२१ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वतन्त्र सांसद प्रभू शाहको आपत्तिजनक अभिव्यक्ति, एनआरएनको सम्पति जफत गर्न माग (भिडियो)

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८०, शनिबार ००:३४

विदेशी नागरिकता लिने भगौडा दलाल हुन् : प्रभू शाह

लण्डन । संघिय सांसद प्रभू शाहले संसदमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

शाहले चालु संसदमा बोल्दै विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रहेको सम्पति जफत गर्न माग गरेका हुन् ।

उनले विदेशी नागरिकता लिएका नेपालीहरुको सम्पति राज्यकोषमा कति आएको छ भन्दै सम्पतिको विवरण माग गर्दै भने ‘१० लाख नेपालीहरु नेपालमा भविष्य छैन भनेर विदेशी नागरिक भएका छन् । अहिले उनीहरुको नेपाली सम्पति विदेशमा लैजान कानून बनाउने प्रपन्च भैहेको छ । उनीहरुको सम्पति राष्ट्रियकरण हुनु पर्छ ।’

उनले गैरआवासीय नेपालीहरुलाई दलाल भगौडाहरु भन्दै देशको सम्पति विदेश पुराउने हो भने देशको समृद्धि सम्भव नभएको तर्क गरेका छन् ।