२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी जापानमा (भिडियो/फोटो)

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८०, बिहीबार १३:३७

टोकियो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी जापान आइपुगेका छन् ।

डा. केसी विहिवार जापानस्थित नारिता विमानस्थलमा उत्रिता गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन नेउरे, लगायत संघका केन्द्रीय पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । डा. केसी जापानमा ४ दिने रहने छन् ।

डा केसीले शुक्रवार पाँचौ विश्व स्वास्थ्य सम्मेलनको उद्धघाटन गर्ने भएका छन् । सोही दिन साँझ गैरआवासीय नेपाली संघ जापानले उनको स्वागतमा रात्री भोजको आयोजना गर्ने भएको छ ।

डा. केसीले जापानमा रहदा यहाँस्थित गैरआवासीय नेपालीहरुसंग अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।

उनले शनिवार एनआरएनए ओशाका क्षेत्रीय समितिको कार्यक्रममा सहभागी हुनेछन् । आइतवार उनी दक्षिण कोरियामा पुग्ने छन् । डा. केसी गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनको लागि अध्यक्ष पदका लागि प्रत्यासी हुन् ।