१२ श्रावण २०८१, शनिबार
Follow Us

एकैपटक १२ भन्दा बढी देशका नागरिक रामाराेशनमा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८०, शुक्रबार १३:५८

अछाम-अछामकाे प्रमुख पर्यटकीय क्षेत्र रामाराेशनमा एकै दिन विभिन्न १२ भन्दा बढी देशका नागरिक घुम्न आएका छन । सुन्दर पर्यटकीय क्षेत्र रामाराेश अवलोकन गर्न विभिन्न देशका नागरिक रामाराेशन क्षेत्र आएका हुन ।

यसरी एक-दुई दिनमै ठुलाे संख्यामा बिदेशी नागरिक आउन थालेपछि स्थानीय खुशी भएका छन ।

तर सरकारी इजाजत बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा राेक लगाइएकाे र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चाैखुट्टेमा राेकिएको अछामका डिएसपी सन्ताेष पाठकले जानकारी दिनुभएको छ ।

हाल रामाराेशनमा भारत, अमेरिका, क्यानडा, पाेल्यान्ड, इटाली, रसिया, स्वीडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मनी र थाइल्यान्ड लगायतका देशका नागरिक रहेका छन ।

रामाराेशन क्षेत्रमा आन्तरिक तथा बाह्‍य पर्यटक आउनु स्वभाविक हाे तर सरकारी इजाजत नहुँदा समस्या भएको छ। पर्यटकलाई सहज रामारोशन घुम्ने वातावरण मिलाउन स्थानीयले अनुरोध गरेपनि काजगपत्र नहुँदा समस्या भएको छ ।

स्थानीय सरकारलाईसमेत कुनै जनकारी नभएको रामाराेशन गाँउपालिका उपाध्यक्ष सृजना बुढाले बताउनु भयो ।

आफुहरु रामराेशन घुम्न र अवलोकन गर्न आएकाे बताउँदै आफुहरुकाे संख्या दुईहजार बढी रहेकाे हुदा अन्य आउँदै गरेको एक जना बिदेशी नागरिकले बताए ।