लिभरपुल । लिभरपुलस्थित नेपाली समुदायले महिलाहरुको माहानचार्ड हरितालिका तीज मनाएका छन् ।
लिभरपुल नेपाली समाजको आयोजनामा आइतवार महिलाहरुले परम्परागत रुपमा तीज मनाएका हुन् ।
कार्यक्रममा समाजका अध्यक्ष डा. मनोहर बुढाथोकीले हरितालिका तीजको महत्वको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थियो । कार्यक्रमको संचालन संस्थाको साँस्कृती समितिका संयोजक शिवराज पन्तले गरेका थिए ।
कार्यक्रममा कलाकार उज्वल भण्डारी, ज्ञानु भण्डारी सीता भण्डारी लगायत बालकलाकरहरुले प्रस्तुती दिए ।
कार्यक्रम गैरआवासीय नेपाली संघ इंग्ल्यान्ड परिषद्का उपाध्यक्षमा देउमान इजाम, समाजका सल्लाहकार प्रविण घिमिरे, डा योगेश उपाध्याय लगायतको उपस्थिति थियो ।