१३ आश्विन २०८३, मंगलवार
Follow Us

न्युयोर्कबाट फर्केपछि बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०८३, मंगलवार ०८:३३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बालेन शनिबार बिहान स्वदेश फर्किएका थिए । 

आजको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीपीडित र पछिल्लो वर्षा र पहिरोबाट ज्यान गुमाएका र पीडितलाई दिने राहतबारे निर्णय गर्ने बुझिएको छ । स्रोतका अनुसार आजको बैठकले रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृत्युसरह मान्ने कानुन संशोधनको विषयमा निर्णय गर्ने बताइन्छ ।

धेरै पढिएको