८ बैशाख २०८२, सोमबार
Follow Us

एनआरएनएको नयां परियोजना, ‘डायस्पोरा कनेक्शन– प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य’ (समिति गठन)

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८०, मंगलवार २०:११

लण्डन । गैरआवासीय नेपाली संघले “डायस्पोरा कनेक्शन– प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना २.० योजना सुरु गरेको छ । योजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय बजारीकरण समिति गठन गरिएको छ ।

समितिमा करिब २५ बर्ष देखि क्यानडामा प्राध्यापन गरिरहनुभएका Chartered Marketer (CM) तथा Nepalese Marketing Association (NMA) संस्थापक तथा अन्तर्राष्ट्रिय सल्लाहकार डा तुल्सी धरेल संयोजक नियुक्त हुनुभएको छ । समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

समितिले आगामी दुई वर्षसम्म गैरआवासीय नेपाली संघको ८७ देशस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुसँग सम्झौता गरेर त्रिपक्षीय लाभ लिने उद्देश्य यस परियोजनाको रहेको छ ।

डा धरेल संयोजक रहेको यस अभियानका सल्लाहकार डा पुरु श्रेष्ठ हुनुहुन्छ । यस्तै चिरन कुमार खवास, उषा किरण बरिया पोखरेल, सुवास भट्ट, दिपक धिताल, आर सी पन्त, रुबिना शर्मा र बाबा राजेश्वरी थापा सदस्य रहनुभएको छ ।

विज्ञप्तिको पूर्णपाठ
“डायस्पोरा कनेक्शन”
प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना–२.०
प्रेस विज्ञप्ती

गैरआवासीय नेपाली संघले “डायस्पोरा कनेक्शन– प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना २.० योजना सुरु गरेको छ । योजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय बजारीकरण समिति गठन गरिएको छ ।

समितिमा करिब २५ बर्ष देखि क्यानडामा प्राध्यापन गरिरहनुभएका Chartered Marketer (CM) तथा Nepalese Marketing Association (NMA) संस्थापक तथा अन्तर्राष्ट्रिय सल्लाहकार डा तुल्सी धरेल संयोजक नियुक्त हुनुभएको छ । समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

समितिले आगामी दुई वर्षसम्म गैरआवासीय नेपाली संघको ८७ देशस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुसँग सम्झौता गरेर त्रिपक्षीय लाभ लिने उद्देश्य यस परियोजनाको रहेको छ ।

यस परियोजना अन्तर्गत, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा काम गरिनेछ। विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न यो योजना प्रभावकारी हुने हाम्रो विश्वास छ ।

डा धरेल संयोजक रहेको यस अभियानका सल्लाहकार डा पुरु श्रेष्ठ हुनुहुन्छ । यस्तै चिरन कुमार खवास, उषा किरण बरिया पोखरेल, सुवास भट्ट, दिपक धिताल, आर सी पन्त, रुबिना शर्मा र बाबा राजेश्वरी थापा सदस्य रहनुभएको छ ।

प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना २.० योजना अन्तर्गत ८७ देशमा अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् लगायत अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुसँग सहकार्य र साझेदारी गरी सन् २०२५ सम्म संस्थाको लागि वार्षिक एक अरब रुपैयाँको सामूहिक आर्थिक लाभ उठाउने लक्ष्य राखेका छौँ । संस्थागत प्रगति र दिगोपनको लागि यो एक रणनीतिक पहल पनि हो।

नेपाली डायस्पोरामा लगानी प्रवद्र्धन गर्न दिगो विकासको लक्ष्य पूरा गर्न र संस्थाको वित्तीय दिगोपनको साथै सामाजिक–आर्थिक विकासका लागि यो योजना कोशेढुंगा हुने हाम्रो विश्वास छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् लगायत अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुलाई यस कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दछ।

धन्यवाद ।
गैरआवासीय नेपाली संघ ।

मितिः २०८० असोज ०२