२३ बैशाख २०८१, आईतवार
Follow Us

मैले चुनाव जित्ने निश्चित भए पछि गत महाधिवेसनमा निर्वाचन अवरोध गरियो : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

नेपालब्रिटेन डट कम्
५ आश्विन २०८०, शुक्रबार ०३:१४

कोरिया । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले १०० वर्ष अघि नेपाल छाडेकालाई संस्थामा जोड्नु पर्ने बताएका छन्।

विहिबार गैरआवासीय दक्षिण कोरिया संघले आयोजना गरेको कार्यक्रममा डा. केसीले थाइलेन्ड, बर्मा जस्ता देशमा पुगेका नेपालीलाई एनआरएनए ऐन संसोधन गरी समेट्ने बताए।

उनले संघको आग्रहमा कानुन आयोगले एनआरएनए ऐन २०६४ संसोधन गर्ने तयारी गरेको बताए।

‘अबको २ वर्षमा सबै नेपालीलाई जोड्नेगरी ऐन परिमार्जन भई आउँछ,’ केसीले भने,‘ऐनमा विद्यार्थीलाई समेट्ने देखी आर्थिक सामाजिक र संस्कृतिक अधिकार पनि स्पष्ट हुन्छन्।’

गैरआवासीय संघ स्थापना नभएको विदेशमा रहेका नेपालीलाई नेपालमा जोड्न सकिने थिएन। अहिले देखिएका धेरै समस्या एनआरएनएको परिभाषासंग सम्बन्धित रहेको बताए।

२०२१ मा भएको एनआरएनए महाधिवेशनमा विद्यार्थीलाई सदस्यता दिएको विषय उठाएर निर्वाचन नभएको बताए।

उनले गैरआवासीय नेपाली संघको १० औं महाधिवेसनमा आफुले अध्यक्ष जित्ने निश्चित भए पछि चुनाव रोक्न शक्ति परिचालन गरिएको बताए । उनले भने ‘महाधिवेसन मिति र प्रतिनिधि चयन भए पनि मैले चुनाव जित्ने निश्चित भए पछि चुनाव रोक्ने प्रपन्च गरियो र संस्थामा तीनवटा अध्यक्ष बन्ने सम्मको अवस्थामा पुग्यो ।’

‘अहिले सदस्यता लिनकोलागि फेसियल भेरिफिकेसन आवश्यक हुन्छ। नक्कली सदस्य बन्दैनन्,’ डा. केसी भन्छन्,‘अहिले ९८ हजार ६ सय सदस्य रहेका छौं।’

५९ देशमा नयाँ नेतृत्व चुनिएकोमा ११ देशमा फेसियल भेरिफिकेसनकबाटै अनलाइन भोटिङ भएको बताए। हारेका उम्मेदवारले पनि स्वच्छ निर्वाचन भएकाले धाधली भन्ने अवस्था नै रहेको बताए।

महिला मदतानकोलागि २०० डलर तिर्नुपर्ने अवस्था रहेकोमा अहिले हटाएर नेपाल जान नसक्नेले एप मार्फत नै भोटिङ गर्न सक्ने बताए। पैसाको खोलो बगाएर निर्वाचन जित्ने अवस्था अवस्था नरहेको बताए।

गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएकाले मुद्दामामिला भन्दा कुनै समस्या आउँदा मिलेर जानुपर्ने बताए।

‘संस्थापन इतर पक्षले परराष्ट्र र एनआरएनएलाई विपक्षि बनाइ हालेको मुद्दा फिर्ता लिए निर्वाचनपछि सबै समितिलाई बैधानिकता दिन्छौं,’ डा. केसीले भने।

त्यस्तै गैरआवासीय नेपालीसंघले मुद्दा उठाएकाले नेपालको संविधानले एनआरएनएकोलागि नागरिकता दिने व्यवस्था गरेको बताए। ऐन र नियमावली नै पास भैसकेको बताए। संघ मार्फत वैदेशिक रोजगारीमा आउनेकालागि सहज व्यवस्था, सामाजिक सुरक्षामा जोडिने सक्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष रोशन थापाले निर्वाचनको मुखमा साधन र स्रोतले समेत धान्न नसक्ने गरि घोषणापत्र जारी नगर्न आग्रह गरे । उनले भाषणले भन्दा काम गरेर देखाउने वेला आएको तर्क गर्दै संस्थाको अनुभवी र नयाँपुस्ताको समिश्रणले मात्र अभियान बलियो हुने विचार व्यक्त गरे ।

थापाले गैरआवासीय नेपाली संघ कोरियाले सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै निर्वाचन कोरियामा देखिएको एकताले संस्थाभित्र उत्साह थपेको बताए ।