२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रकाश सापकोटा एनआरएनए सचिव पदका उम्मेदवार

नेपालब्रिटेन डट कम्
६ आश्विन २०८०, शनिबार ०३:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अमेरिका निवासी प्रकाश सापकोटाले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल अमेरिकाज क्षेत्रीय संयोजक रहेका सापकोटाले भनेका छन्, आगामी अक्टोबरमा हुने ११ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा मेरो सचिव पदमा उम्मेदवारी रहने छ ।

उनले भने, ‘म गैरआवासीय नेपाली सङ्घको अभियानमा लामो समयदेखि निरन्तर लागि रहेको छु । सङ्घको आगामी निर्वाचनमा मैले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको यहाँहरूलाई अवगत गराउन चाहन्छु। संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु। आगामी निर्वाचनमा मलाई सचिव पदमा विजयी गराउनको लागि प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै अभियन्ताज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँको अमूल्य मतको समेत अपेक्षा गरेको छु।’