२३ बैशाख २०८१, आईतवार
Follow Us

विदेशमा रहेका नेपाली समुदायमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या : स्वास्थ्य विज्ञ

नेपालब्रिटेन डट कम्
७ आश्विन २०८०, आईतवार १४:३०

लण्डन । गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डर लाग्लो समस्या रहेको तथ्यांक सार्वजनिक भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति र एनआरएनए बेल्जियमको सहकार्यमा आइतवार आयोजित एक भरर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सहरुले विदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटामा विश्वव्यापी नेपाली समुदायमा डिप्रेसनको समस्या रहेको बताए । उनले साइप्रस, साउदी अरबिया, इजरायल, यूएई, अष्ट्रेलिया लगायतका देशमा मानसिक स्वास्थ्य समस्या बढी रहेको बताए । स्वास्थ्य समितिका अनुसार हलासम्म साइप्रसमा मात्र ८ जना, यूएई ८८, मलेसियामा २ सय जना भन्दा बढीले आत्महत्या गरेका छन् । डा. सापकोटाले विश्वव्यापी रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागि विशेष जागरणको कार्यक्रम ल्याउन जरुरी भएको औंल्याए ।

कार्यक्रममा डा. सुरज थापाले आधुनिकरणसँगै आत्महत्या बढेको र अहिलेसम्म ८ लाख मान्छेले हात्महत्या गरेको बताए । मानिसहरुमा हुने एकलपनाका कारणले युवाहरुमा आत्महत्या बढेको उनले बताए । तथ्यांक अनुसार गरिव मुलुकमा बढी आत्महत्या हुने गरेको जानकारी दिए । उनले नेपालमा पनि वार्षिक ७ हजार भन्दा बढी मानिसहरुले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालमा पुरुष भन बढी महिलाहरुले आत्महत्या गर्ने गरेको बताए । उनले आर्थिक संकट, गरिबी, बेरोजार, कुनै पनि व्यक्गित, असफलता, पारिवारिक हिंसा, कुलतमा परेको व्यक्तिहरुले बढी आत्महत्या गर्ने गरेको बताए ।

एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रममा डा. संजय यादव मानसिक स्वास्वाथ्यसम्बन्धी आधारभूत जानकारी दिए । डा. यादवले आत्मग्लानी हुने, आफैलाई बोज लाग्ने, एक्लै बस्दा टोलाउने, किचनमा चक्कु देख्दा डर लाग्ने समस्यहरु मानसिक रोगको लक्षण भएको बताए ।

संघकी अध्यक्ष सीता सापकोटाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा डा. निसिता पाठकले मानसिक स्वास्थ्यको समस्या बाल्यकालसँग पनि जोडिएको बताइन् । उनले काल्यकालमा कुन अवस्थामा हुर्किएको हो त्यसले मानिसहरुको मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बताइन् । उनले मानसिक रोगको लक्षण देखिएपछि साथीभाइ, परिवारभित्र खुलेर कुरा राख्न र मानसिक स्वास्थ्य चिकित्सकसँग परामर्श गर्न आग्रह गरिन् । उनले मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिहरुलाई सामाज र परिवारको ठूलो सहयोगको महत्व हुने बताइन् । उनले डिप्रेसन भइहाले पनि निको पार्न सकिने बताइन् ।

कार्यक्रममा डा. बोधराज सुवेदीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै एनआरएनए स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्यका बारेमा बिभिन्न देशमा स्वास्थ्य जनजागरण काम गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य, डिप्रेसशन सम्बन्धी स्वास्थ्य समस्याका बारेमा विज्ञ चिकित्सकहरुसँग आ–आफ्ना जिज्ञासा राखेका थिए ।