१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचन : युरोप उपसंयोजकमा रमेश काफ्लेको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
११ आश्विन २०८०, बिहीबार ०४:१७

लण्डन। यहि अक्टोबर १७ देखि २० गते सम्म काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औ महाधिवेशनमा संघका युवा अभियन्ता रमेश काफ्लेले युरोप क्षेत्रको उप–संयोजक मा उम्मेदवारी दिने भएका छ्न ।

डेनमार्कबाट संघमा प्रतिनिधित्व गर्ने काफ्लेले आफ्नो उम्मेद्वारी घोषणा गर्दै आफुलाई सहयोग गर्न संघका सबै समक्ष आग्रह गरेका छ्न । लामो समय देखि डेनमार्कमा बसोबास गर्दै आएका काफ्ले उच्च शिक्षाको अध्ययानपछि बिगत केही बर्ष देखि नेपालमै विभिन्न ब्यसाय मार्फत सक्रिय रहेका छ्न ।

उनले पुराना र नयाँ सबैलाई मिलाएर संघलाई अगाडी लैजान आफुले युरोप उप–संयोजकमा उम्मेदवारी दिने बताए ।

बिशेष गरि बिदेशमा छरिएका युवाहरुमा नेतृत्व र उधमशिलताको बिकाश हुन जरुरी रहेको बताउदै काफ्लेले आफ्नो ध्यान एनआरएनए मार्फत नेपालमा उधमशिलताको विकासमा हुने बताए ।

उनको नेपालको पर्यटन , हाईड्रो , माईक्रोफाईनान्स , फयासिलिटी म्यानेजमेन्ट , वाटर प्रुफिङ निर्माण सेवा लगायतका क्षेत्रमा लगानी रहेको छ ।