काठमाडौँ । दोलखाको लामा बगर क्षेत्रबाट प्रहरीले बुधबार राति चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रूपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो।
बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।
उनकाअनुसार ठूलो परिमाणमा पैदल मार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।