२१ असार २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचन : डा. बद्री केसीको उम्मेदवारी घोषणा आगामी बुधवार

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०८०, आईतवार १८:४७

लण्डन । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संघको आगामी कार्यकालको लागि पुनः उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

डा. केसीले संघको १९ अक्टोवरमा हुने निर्वाचनको लागि ४ अक्टोवर, बुधवारका दिन भरर्चुल माध्यमद्धारा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

केसीको निर्वाचन प्रचारप्रसार तथा व्यवस्थापन समितिका अनुसार सो कार्यक्रममा नेपाली समय अनुसार साँझ ५ बजे शुरु हुने भएको छ । घोषणासभामा संघका संसारभर छरिएका संघको ११ औं महाधिवेसका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।


को हुन डा. बद्री केसी

सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए। त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे। सन् २००९-२०११, २०११-२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ -२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन्। बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ।

संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्ष मध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए।

डा. केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ। संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन्। नयाँ नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ।