१९ बैशाख २०८१, बुधबार
Follow Us

‘संस्था बुझेको व्यक्ति एनआरएनए नेतृत्वमा आउनु पर्छ’ (भिडियो)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०८०, आईतवार २१:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व अनुभवि र संस्था बुझेको हुनु पर्नेमा उम्मेदवारहरुले जोड दिएका छन् ।

नेपालब्रिटेन डट कम र युरोपनेपालीखबर डट कमको लागि आइतवार उम्मेदवारहरुले दिएको एक अन्तरवार्तामा बोल्ने वक्ताहरुले संघको नयाँ नेतृत्वको बारेमा चर्चा गरे ।

गैरआवासीय नेपाली संघकी महिला सचिव टिका गुरुङले संघको १० औं महाधिवेसनमा टिके भन्ने आरोप लागे पछि आगामी महाधिवेसनमा जनमत लिन पुनः सचिव पदमा उम्मेदवारी दिन लागेको बताइन् ।

कार्यक्रमका कोषाध्यक्षका उम्मेदवार सुदन थापाले संस्थामा आर्थिक पारदर्शितामा जोड दिए । उनले गैरआवासीय नेपाली संघभित्र आर्थिक स्थायित्व हुनु पर्नेमा बताए ।
संघको एशिया क्षेत्रीय उपसंयोजकका उम्मेदवार दिपक कंडेलले संस्थामा युवा र नयाँपुस्ताको सहभागीतमा जोड दिए ।

अन्तरवार्ताको पूर्णपाठ