१० चैत्र २०८१, सोमबार
Follow Us

अभिनेता अनमोल केसी थुनामुक्त

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०८०, सोमबार ०३:२५

काठमाडौँ । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो । अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् । उनले आफ्नै गाडी मगाएर हिरासतबाट घर गएका थिए ।

आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान छ ।