१० चैत्र २०८१, सोमबार
Follow Us

शङ्कास्पद श्रम स्वीकृति लिएका १४ म्यानपावर कम्पनी निलम्बनमा

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०८०, सोमबार १४:४३

काठमाडौँ । शङ्कास्पद कागजात पेसशगरेर श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ ।

जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।