२६ आश्विन २०८३, सोमबार
Follow Us

बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शमशेर जबराको संसदीय सुनुवाइ आज

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०८३, सोमबार ०४:२५

काठमाडौँ । सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ । बैठक बिहान ९स्१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा हुनेछ ।

समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि आज असोज २६ गते छलफल गर्ने सूची तय गरेको थियो ।

आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ।

सरकारले भारतका लागि डा। निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ ।

धेरै पढिएको