१६ बैशाख २०८१, आईतवार
Follow Us

फुलहमविरुद्ध चेल्सीको सहज जित

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८०, मंगलवार ०६:२१

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति सम्पन्न खेलामा चेल्सीले फुलहमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा माखाइलो मुड्रिक र अरमान्डो ब्रोजाले एक–एक गोल गरे । फुलहमको मैदानमा खेलको १८ औँ मिनेटमा मुड्रिकले गोल गर्दै चेल्सीलाई अघि बढाए । गत जनवरीमा शख्तर डोनेस्कबाट ८९ मिलियन पाउण्डमा चेल्सी आएका मुड्रिकले इंग्लिस क्लबका लागि पहिलो गोल गरे । त्यसको एक मिनेटपछि ब्रोजाले गोल थप्दा चेल्सीले अग्रता दोब्बर पार्‍यो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सीले २–० को सहज जित हात पार्‍यो ।

जितसहित चेल्सी प्रिमियर लिगको ११ औँ स्थानमा उक्लिएको छ । सिजनको दोस्रो जित निकालेको उसले ७ खेलबाट ८ अंक जोडेको छ । समान अंक जोडेको फुलहम १३ औँ स्थानमा छ ।