१३ चैत्र २०८१, बिहीबार
Follow Us

वरिष्ठ गायिका दिलमाया खातीको निधन

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८०, बुधबार ०४:५६

काठमाडौँ । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। उनको आफ्नै निवास दार्जिलिङको घुममा मंगलबार साँझ ८५ वर्षको उमेरमा निधन भएको उनको परिवारलाई उद्धृत गर्दै रेडियो नेपालले जनाएको छ। उनी लामो समयदेखि दम रोगबाट पीडित थिइन्।

दार्जिलिङकी नेपालीभाषी दिलमाया २०१८ सालमा नेपाल आएर पहिलो पटक रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन्। त्यसबेला रेडियो नेपालले आयोजना गरेको सङ्गीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेकी थिइन्।​ त्यसपछि यहाँका गायक–संगीतकारको आग्रहमा उनले नेपाली गीत गाउन थालेकी थिइन्।

नारायण गोपालसँग गाएका उनका दुई गीत ‘बिछोडको पीडा नसकी खप्न’ र ‘तिमी देख्दा रहर लागेर आउँछ’ लोकप्रिय छन्। ‘साउन फर्की’, सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत पनि चर्चित छन्।