१६ बैशाख २०८१, आईतवार
Follow Us

घरेलु मैदानमा युनाइटेड पराजित

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८०, बुधबार ०५:०१

लन्डन । युएफा च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड घरलु मैदानमै पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा गालातासारेसँग युनाइटेड ३–२ ले पराजित भएको हो । योसँगै युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणको सुरुवाती दुई खेलमा पराजित भएको छ ।

ओल्ड ट्रायफोर्डमा टर्किस टोलीले दुई पटकपछि परेको अवस्थालाई उल्ट्याउँदै युनाइटेडलाई निराश बनाएको हो । खेलको अन्त्यमा कासिमिरोलाई रातो कार्ड देखाइएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

अर्को इंग्लिस प्रिमियर लिग क्लब आर्सनल फ्रन्च टोली लेन्ससँग २–१ ले पराजित भयो । रियल म्याड्रिडले नापोलीलाई ३–२ ले पराजित गर्दा बायर्न म्युनिखले एफसी कोपनहेगनलाई २–१ ले स्तब्ध पार्‍यो ।

अन्य खेलमा रियल सोसिडाडले साल्सबर्गलाई २–०, स्पोर्टिङ प्रागले युनियन बर्लिनलाई ३–२ र इन्टर मिलानले बेनफिकालाई १–० ले हरायो । पीएसभी आयनहोभन र सेभियाबीचको खेल भने २–२ को बराबरीमा टुंगियो ।