१२ श्रावण २०८१, शनिबार
Follow Us

न्यायाधीश शर्माको एकल इजलासमा पर्‍यो ‘रिगल’ विरुद्धको सुनुवाइ

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८०, बिहीबार ०६:३०

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल ९रिगल० लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन पत्नि भारती मानन्धरले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् ।